काठमाडौं । हेलिकप्टरमा चरा ठोक्किँए पछि लुक्लाबाट काठमाडौं आउँदै गर्दा साँगामा आकस्मिक अवतरण गरेको छ । हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएको र पाइलटले थप जोखिम नलिई सुरक्षित स्थानमा अवतरण गराएको हो । विमानस्थल स्रोतका अनुसार हेलिकप्टरमा चालकसहित ६ यात्रु सवार थिए ।
हेलि एभरेष्टको ९ एन–एकेजीमा चरा ठोक्किए पछि आकस्मिक अवतरण