काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको अप्रत्याशित र विषम परिस्थितिलाई ध्यानमा राखेर संयमतापूर्वक समस्याको निकास निकाल्न सम्बन्धित पक्षलाई अपील गरेका छन् ।राष्ट्रपतिले सोमबार भएको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिक हताहत भएको घटनाप्रति मर्माहत भएको समेत बताएका छन् । अप्रत्याशित रुपमा आज भएको यस्तो घटनाले आफूलाई अत्यन्तै चिन्तित तुल्याएको छ । आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपील गर्नु भएको छ’ राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।
जेन–जीको प्रदर्शन : संयम भएर समस्याको समाधान निकाल्न राष्ट्रपतिको आग्रह