Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोनापुर सिमेन्टको सेयर तेस्रो दिन पनि नकारात्मक सर्किटमा


सोनापुर सिमेन्टको सेयर तेस्रो दिन पनि नकारात्मक सर्किटमा


काठमाडौं । सोनापुर मिनिरल्स एण्ड आयल सिमेन्टको सेयर नेप्सेमा सुचीकृत भएर कारोबार सुरु भएको तेस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ । मंगलबार प्रतिकित्ता २८३ रुपैयाँ ५० पैसाबाट खुलेको कम्पनीको मूल्य १० प्रतिशत घटेर २५५ रुपैयाँ २० पैसामा कायम भएको छ ।

यसअघि दोस्रो दिन सोमबार प्रतिकित्ता ३१५ रुपैयाँबाट १० प्रतिशत घटेर २८३ रुपैयाँ ५० पैसामा झरेको थियो भने पहिलो दिन आइतबार ३५० रुपैयाँबाट १० प्रतिशत नै घटेर ३१५ रुपैयाँमा झरेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएको तीन दिनसम्म लगातार नकारात्मक सर्किट लागेको हो । २ असोजमा नेप्सेमा सुचीकृत भएको कम्पनीको सेयर दोस्रो बजारमा पहिलो कारोबारको लागि १४२ रुपैयाँ १ पैसादेखि ४२६ रुपैयाँ ३ पैसासम्म ओपनिङ रेञ्ज तोकिएको थियो ।