काठमाडौं । महोत्तरीमा डाँका समूहले एक बृद्धको हत्यागरि लुटपाट गरेका छन् । महोत्तरीको मनरा शिसवा नगरपालिका—४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको प्रहरीले जनाएको छ । आज बिहान ४ बजेको समयमा आएका ७—८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । डाँकाले घरमा रहेको सुनका गहना र नगद ८० हजार लुटेर लगेको प्रहरीले जनाएको छ । हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् ।
महोत्तरीमा एक बृद्धको हत्यागरि लुटपाट