एजन्सी । दक्षिण कोरियामा विमान दुर्घटना हुँदा मृत्यु हुनेको सँख्या १७९ जनाको मृत्यु पुगेको छ। विमानमा सवार १८१ जनामध्ये १७९ जनाको मृत्यु भइसकेको अन्तिराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विमान दुर्घटनामा एक जना चालक दलका सदस्य र एक जना यात्रु गरी दुई जनाको भने जिवितै उद्धार गरिएको छ। उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ । ती दुई जना बाहेक अन्य सबै यात्रुको मृत्यु भइसकेको छ।
उनीहरुमध्ये दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका थिए । योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो। जेजु एयरको बोइङ–७३७ विमान आज बिहान अवतरणका क्रममा दुर्घटना भएको हो।