Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड बढी हिनामिना


पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड बढी हिनामिना

काठमाडौं, पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा सुन हिनामिना गरेको भन्दै पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव र तत्कालीन कोषाध्यक्षविरुद्ध १ करोड १७ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।आयोगले आइतबार विशेष अदालत काठमाडौंमा तत्कालीन सदस्य सचिव डा . प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष हाल सदस्य सचिव मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार ढकाल र थापाले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको अभियोग लगाइएको छ।अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्कालीन बिशेट नाइके (स्टोरकिपर) अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।