Wednesday, June 11, 2025

२०८२ जेष्ठ २९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वमन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मुद्दा दर्ता,एक महिलाको गोप्य अङ्गको खानतलासी गरेको आरोप


पूर्वमन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मुद्दा दर्ता,एक महिलाको गोप्य अङ्गको खानतलासी गरेको आरोप

काठमाडौं । नेपाल सरकारका पूर्व भूमिसुधार मन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। एक महिलाले आफ्ना गोप्य अङ्गको खानतलासी गर्दै गैरकानुनी व्यवहार गरेको भन्दै सुब्बासहित तीन जनाविरुद्ध उजुरी दिएकी हुन्।सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् ।

पीडित महिलाका अनुसार,गत चैत २२ गते पूर्वमन्त्री सुब्बा, सुनिता घिमिरे र गोपाल शाह (ससुरा) मिलेर मोरङको डायनियास्थित माइतीघरमै आएर दुर्व्यवहार गरेको अभियोग पत्रमा उल्लेख छ ।

आफूलाई पूर्वमन्त्री सुब्बालगायतले जबरजस्ती गैरकानुनी शरीर तलासी तथा बेइज्जती गरेको आरोप उनको छ ।श्रीमानसहित परिवारका सदस्यहरूले ती महिलालाई हेलाहोचो गरी घरबाट निकाला गरेपछि पीडित महिलाले अंश मुद्दा दायर गरेकी थिइन् । श्रीमान र ससुराको बारम्बारको यातनाको कारण मुद्दा दायर गरेर मोरङको डायनियाँस्थित माइतीमा बस्दै आएकी छन् ।