Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने, ६० अर्ब निक्षेप थपिने


अब वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न पाउने, ६० अर्ब निक्षेप थपिने

काठमाडौं, भदौ २४ । अब वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चित खातामा रहेको रकमको ६० प्रतिशत निक्षेपमा गणना गर्न सक्ने भएका छन् । अर्थमन्त्री महतले उक्त निर्णय गरेका हुन् । उक्त निर्णय कार्यान्वयनका लागि आइतबार मात्र नेपाल राष्ट्र बैंकलाई पत्र पठाइएको अर्थ मन्त्रालयको प्रवक्ता धनिराम शर्माले बताएका छन् ।

अब राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र उक्त निर्णय कार्यान्वयन हुनेछ । उक्त निर्णय कार्यान्वयनमा आएपछि तत्काल बैंकहरुमा करिब ६० अर्ब रुपैयाँ थपिनेछ । बैंकहरुले गत असार मसान्तसम्म स्थानीय तहको खातामा रहेको रकमको ८० प्रतिशतसम्म निक्षेपमा गणना गर्दै आएका थिए । अर्थ मन्त्रालयले निर्णय नगरेकै कारण साउन १ देखि भने उक्त सुविधा खोसिएको थियो । अहिले यसअघिको ८० प्रतिशतको सीमा घटाएर ६० प्रतिशत बनाएर फेरी उक्त सुविधा निरन्तर गरिएको हो ।

यसरी प्राप्त रकमका आधारमा बैंकहरुले प्रवाह गर्ने कर्जाको सदुपयो बारे अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिएको र समितिको सुझावका आधारमा यो सुविधा निन्तरता हुने नहुनेबारे निर्णय हुने प्रवक्ता शर्माको भनाइ छ। स्थानीय तहको खातामा रहेको रकमको ६० प्रतिशत बैंकलाई निक्षेपमा गणना गर्न दिनेबारे अर्थ मन्त्रालयको निर्णयको पत्र भर्खरै प्राप्त भएको राष्ट्र बैंक स्रोतले पुष्टि गरेको छ। उक्त निर्णय कार्यान्वयनका लागि केहीदिन भित्रै निर्देशन जारी गर्ने राष्ट्र बैंक स्रोतले बतायो ।