Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ


६ किलो कोकिनसहित एक विदेशी नागरिक पक्राउ

काठमाडौं । ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । विमानस्थलबाट प्रहरीले ६ किलो कोकिनसहित लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्सलाई पक्राउ गरेको हो ।

उनी दोहाबाट कतार एयरवेजको उडा नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौँ ओर्लिएका हुन् । लागुऔषध नियन्त्रण ब्यूरोले उनीविरुद्ध अनुसन्धान सुरु गरेको बताए ।

पक्राउ पर्नेको थप विवरण भने ब्यूरोले सार्वजनिक गरेको छैन । घटनाबारे आज बिहीबार पत्रकार सम्मलेन गरेर जानकारी दिइने ब्यूरोले जनाएको छ ।