Thursday, August 14, 2025

२०८२ श्रावण ३०, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्रीसहित शीर्ष नेताको छलफल जारी


प्रधानमन्त्रीसहित शीर्ष नेताको छलफल जारी

काठमाडौं, श्रावण २२ । संसदको गतिरोध हटाउन सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल जारी भइरहेको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो। सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए।

संसदको अवरोध हटाउने र संसदीय समितिका सभापति चयन नै मुख्य विषय हो, सभामुखले प्रमुख सचेतक वा सचेतकसहित उपस्थित हुन भएको थियो, अधिकारीले भने। साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवरोध गर्‍यो। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

 सदनको अवरोध हटाउने विषयमा सभामुख घिमिरेले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई,दुईपटक टेलिफोनमा कुराकानी गरेको पनि अधिकारीले बताए। त्यसबीचमा प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँग विभिन्न चरणमा ६ पटक भन्दा बढी छलफल गर्नुभएको थियो, अधिकारीले भने। आइतबार पनि सभामुखले सिंहदरवारमा प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।