Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच सहकार्य


भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच सहकार्य


काठमाडौं, श्रावण १० । जिडब्लुएम सवारी साधनहरूको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स र एभरेष्ट बैंकबीच फाइनान्सिङ सुविधाका लागि सम्झौता गरिएको छ। भिजी इम्पेक्सले एभरेष्ट बैंकसँग आइसिइ सवारीसाधनहरू हाभल जोलायन, हाभल एच ६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारीसाधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको छ।

उक्त सम्झौतामा भिजी इम्पेक्स–जिडब्लुएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंकका उप–महाप्रबन्धक गौरव कुमारले जिडब्लुएमका सवारी साधनलाई ग्राहकहरूका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन्।जिडब्लुएमका कुनै पनि सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरेको जनाइएको छ।

यसले ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याजदरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ। जुन ग्राहकहरूले आफ्नो आवश्यकताहरूको आधारमा छनौट गर्न सक्नेछन्। बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट आरओआइ (ब्याजदर)सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ।

तीन वर्षसम्मको कर्जा अवधिको लागि न्यूनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत रहनेछ। जिडब्लुएमका इलेक्ट्रिक गाडीको लागि ब्याजदर मात्र बिआर २ प्रतिशत ११.३० प्रतिशतको प्रभावकारी ब्याजदर रहने जनाइएको छ। जिडब्लुएमका आइसी मोडेलको गाडीको लागि ब्याजदर मात्र बिआर २.५० प्रतिशत ११.८० प्रतिशतको प्रभावकारी ब्याजदर रहनेछ ।

जिडब्लुएमका इलेक्ट्रिक गाडीको लोन–टु–भ्यालु लोन–टु–भ्यालु बैंक फाइनान्समा ५० प्रतिशतसम्मको लगानीमा ब्याजदरमा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइएको छ। सबै गाडीहरूको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको कम्पनीको भनाइ छ।