Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जलविद्युत आयोजनाका लागि डेढ खर्ब भन्दा बढी लगानी स्वीकृत


जलविद्युत आयोजनाका लागि डेढ खर्ब भन्दा बढी लगानी स्वीकृत

काठमाडौं, श्रावण १५ । जलविद्युत आयोजनाका लागि लगानी बोर्डले डेढ खर्ब बढी स्वीकृत गरेको छ । बोर्डले गत आर्थिक बर्ष २०७९,८० मा १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो । बोर्डका अनुसार सो बराबरको लागनी विभिन्न ५ जलविद्युत आयोजनाका लागि स्वीकृत भएको हो ।

कुल लगानी स्वीकृत मध्ये १ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ वैदेशिक र २१ अर्ब ३७ करोड रुपैयाँ स्वदेशी लगानी रहेको बोर्डले जनाएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल भट्टले बोर्डका अध्यक्ष अर्थात् प्रधानमन्त्री दाहाललाई गत आवको कार्य सम्पादन प्रतिवेदन बुझाएका छन् । सोही प्रतिवेदनमा गत आवमा सो बराबरको लगानी स्वीकृत भएको देखाएको हो ।

गत आवमा लगानी बोर्डको कार्यालयले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । त्यसैगरी, १०२ मेगावाटको माथिल्लो मस्र्याङ्दी १ जलविद्युत परियोजनाका लागि ३३ अर्ब १९ करोड, ७० मेगावाटको दुधकोसी २ (जलेश्वर) जलविद्युत परियोजनाका लागि २० अर्ब ३५ करोड बराबरको लगानी स्वीकृत गत आवको भएको छ ।

यस्तै, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको १३ अर्ब ४४ करोड र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाको लागि ७ अर्ब ९३ करोड रुपैयाँ लगानी स्वीकृत गत आवमा भएको छ । नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययन गर्न जर्मनीको डिआइएजी इन्डस्ट्रिजसँग समझदारी भएको छ ।

नवलपरासीको बर्दघाटमा प्रस्ताव गरिएको मल कारखानाको सम्भाव्यता अध्ययन गर्न गत असारमा लगानी बोर्ड र डिआइएजी इन्डस्ट्रिजबीच समझदारीपत्र (एमओर्यू) मा हस्ताक्षर भएको थियो । त्यसपछि बर्षौदेखि अलपत्र रहेको नेपालमा मल कारखाना स्थापना गर्ने योजना अघि बढ्ने संकेत देखिएको छ । यो पनि गत आवको महत्वपूर्ण उपलब्धी रहेको बोर्डको भनाइ छ ।