काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको सदस्यमा राजेन्द्र प्रसाद तिम्सिना छनौट भएका छन् । कम्पनीको व्यवस्थापनका लागि तिम्सिनालाई छनौट गरिएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको सदस्य पद पदपूर्ति गर्न गएको मंसिर १२ गते दरखास्त आह्वान गरिएको थियो ।
रितपूर्वक दरखास्त पेश गरी तोकिए बमोजिमका परीक्षामा सहभागी भएका उम्मेदवारहरूले प्राप्त गरेको कुल अंकको आधारमा तिम्सिना छनौट भएका हुन् । अन्य दुई जना वैकल्पिक उम्मेदवार पनि छनौट गरिएको छ । वैकल्पिक उम्मेदवारमा(योग्यताक्रमानुसार) राम प्रताप यादव र प्रकाश घिमिरे परेका छन् ।