Sunday, August 17, 2025

२०८२ भाद्र १, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

उपमेयरको आश्वासनपछि कीर्तिपुरमा बन्द गरिएको नयाँबजारको बाटो खुल्यो


उपमेयरको आश्वासनपछि कीर्तिपुरमा बन्द गरिएको नयाँबजारको बाटो खुल्यो

काठमाडौं । कीर्तिपुर स्थित बिहानदेखी बन्द गरिएको नयाँबजारको बाटो अहिले खुलेको छ । कीर्तिपुर नगरपालिकाले बाटो व्यवस्थित र पिच गर्न भनेर खनिएको बाटो महिनौं दिनसम्म लगाउँदा पनि काम नसक्याएको र बाटोभरि धुलो धुवाँले प्रदुषण हुँदा समयमैं पानी ट्याङ्कर ल्याएर पानी नहालेको भन्दै त्यहाँका आक्रोशित स्थानीय बासिन्दाले आज बिहानैदेखी नयांबजारको बाटो बन्द गरिएको थियो ।

कीपु नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्यले अब एक जना स्थानीयबाटै पानी ट्याङ्करको जिम्मा लिने व्यक्ति राखी बाटो प्रदुषण हुन नदिने भनि आश्वासन दिए पश्चात् मात्र स्थानीयले बाटो खुलाउनेमा सहमती जनाउँदै नयाँ बजारको बाटो अहिले पुन सञ्चालन गरिएको छ ।

समयमा नै बाटो पिच नगरिएको र धुलो, धुवाँले स्थानीयको स्वास्थ्य सँगसँगै व्यापारमा पनि प्रत्यक्ष असर परेको भन्दै स्थानीयले आज बिहानैदेखि नयाँबजारको बाटो बन्द गरिएको थियो ।