Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

८९ कम्पनी नेप्सेको कारबाहीमा


८९ कम्पनी नेप्सेको कारबाहीमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इतिहासमै पहिलो पटक ८९ कम्पनीलाई कारबाही गरेको छ। सोमबार बसेको सञ्चालक समिति बैठकले कारबाही गर्ने निर्णय गरेको हो। सूचीकृत कम्पनीहरूले समयमै बोर्डलाई दिनु पर्ने विवरण नबुझाएका कारण बोर्डले उनीहरूलाई कारबाही गरेको हो। कारबाहीमा पर्ने कम्पनीहरूलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय समेत भएको बताइएको छ।

“सूचीकृत कम्पनीहरूले समयमै विवरण नबुझाएको कारण एकै पटक ८९ कम्पनीलाई कारबाही गर्ने निर्णय सोमबार गर्‍यौ। उनीहरूलाई ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्ने निर्णय भएको छ,”नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मेरो लगानीसँग भने।

यस अघि धितोपत्र बोर्डले एकै पटक यसरी धेरै कम्पनीलाई कारबाही गरेको थिएन। सामान्यतया कम्पनीहरूले बुझाउने विवरणलाई वास्ता गर्ने गरेका थिएनन्। तर बोर्डले पछिल्लो समय भने यस्तो कारबाहीलाई तीव्रता दिन थालेको छ।

यस अघि पनि केही कम्पनीलाई यस्तो कारबाही बोर्डले गरेको थियो। कसैलाई मौखिक रुपमा सम्झाएको बोर्ड यस पटक भने कम्पनीहरूप्रति रुखो देखिएको छ। कम्पनीहरूले सामान्य ठाने पनि विवरणहरू धितोपत्र बजारको लागि निक्कै महत्त्वपूर्ण हुने र त्यसले दोस्रो बजारमा निर्धारण गर्ने मूल्यलाई समेत प्रभाव पार्ने भएकोले त्यस विषयमा बोर्ड रुखो हुन बाध्य हुनु परेको हमालको भनाइ छ। “कम्पनीहरूलाई सामान्य लाग्ला। तर दोस्रो बजारमा निर्धारण हुने मूल्यमा ती विवरणको निक्कै महत्त्व हुन्छ।