Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णाली याक्स एनपिएलको दोस्रो क्वालिफायरमा प्रवेश


कर्णाली याक्स एनपिएलको दोस्रो क्वालिफायरमा प्रवेश

कीर्तिपुर । एनिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जितका लागि एक सय ७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५४ रनमा समेटियो ।

हारसँगै चितवन एनपिएलबाट बाहिरिएको छ । फाइनल पुग्न विजेता कर्णालीले पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आजै लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । चितवनका लागि रवि बोपराले सर्वाधिक ५३ रन बनाए । कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेनकेस्टनले १६ र शरद भेषवाकरले १० रन बनाए ।

अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा कर्णालीका जिसन मक्सुदले तीन विकेट लिए । जिसनले पूरा चार ओभर बलिङ गर्दै २६ रन खर्चिएर विकेट लिनुभएको हो । कप्तान सोमपाल कामी र नन्दन यादवले दुई दुई तथा विपिन शर्माले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७५ रन बनाएको थियो । कर्णालीका लागि ओपनर जयकिशन कोल्छावाला र विलियम बसिस्टोले अर्धशतकीय इनिङ्स खेले । कोल्छावालाले ५३ र बोसिस्टोले ५२ रन बनाए । यस्तै चादविक वाल्टनले अविजित ४६ र जिसन मक्सुदले १४ रन बनाए ।


बलिङमा चितवनका सोहिल तन्विरले दुई विकेट लिए । सरद भेषवाकार, रवि बोपरा र कप्तान कुशल मल्लले एक एक विकेट लिए । लिग चरणमा चितवनले सात खेलमा चार जित र तीन हारको नितजासहित आठ अङ्क जोडेर तेस्रो बन्दै प्लेअफमा स्थान बनाएको थियो । कर्णाली पनि सोही नजिता र समान आठ अङ्क जोड्दै नेट रन रेटको आधारमा प्लेअफमा पुगेको थियो । यसअघि लिग चरणको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो ।