Tuesday, August 26, 2025

२०८२ भाद्र १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘मिस वर्ल्ड’ को उपाधि चेक रिपब्लिककी क्रिस्टिनालाई


‘मिस वर्ल्ड’ को उपाधि चेक रिपब्लिककी क्रिस्टिनालाई


एजेन्सी । मिस वर्ल्ड २०२४ को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिस्कोभाले जितेकी छन्। शनिबार राति भारतको मुम्बईको जियो कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा पिस्कोभालाई विजयी घोषणा गरिएको हो।


क्रिस्टिना ११७ देशका प्रतिस्पर्धी सुन्दरीलाई पछि पार्दै ७१ औं मिस वर्ल्डको उपाधि जित्न सफल भएकी हुन्। २४ वर्षिया पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन्।

मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले उनलाई ताज लगाइदिइन्। एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट—रनरअप घोषित भइन्।