Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लम्कीचुहामा महोत्सवका लागि तीन दिन विद्यालय बन्द, स्थानीयद्वारा आलोचना


लम्कीचुहामा महोत्सवका लागि तीन दिन विद्यालय बन्द, स्थानीयद्वारा आलोचना

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिएको छ ।

उद्योग वाणिज्य संघले आजबाट तीन दिने ‘लम्की महोत्सव २०८१' सञ्चालन गरिरहेको छ । सोही महोत्सवलाई लक्षित गर्दै नगरपालिकाले महोत्सव अवधिभरका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले बिहीबार सूचना जारी गर्दै महोत्सव अवलोकनका लागि मंसिर १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बन्द गर्न निर्देशन गरेको हो ।

मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा प्रस्तूत हुने विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिका उपकरणहरुको प्रदर्शनी अवलोकन तथा नृत्य प्रतियोगिता हुने भएकाले स्थानीय विदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तबहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

नगरपालिकाले महोत्सवका लागि तीन दिन विद्यालय बिदा दिएको भन्दै आलोचना भइरहेको छ । नगरपालिकाका प्रवक्ता लवबहादुर शाहीले हिउँदको समयमा ६ दिन स्थानीय बिदा दिन पाउने नगरपालिकालाई अधिकार रहेकोले सोही अनुसार महोत्सवमा बिदा दिइएको बताए ।