काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआई सम्झौताबारे नबुझी आलोचना नगर्न आग्रह गरेकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसीजे)को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन नेदरल्यान्डको हेग प्रस्थान गर्ने क्रममा परराष्ट्रमन्त्री राणाले यस्तो बताएकी हुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि २० गतेसम्मको चार दिने चीन भ्रमणका क्रममा नेपाल र चीनबीच बीआरआई सहकार्य फ्रेमवर्कमा सहमति भएको थियो । उक्त सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको बताउँदै मन्त्री राणाले सम्झौताबारे बुझ्दै नबुझी टिप्पणी भइरहेको बताइन् ।
उनले ऋण लिनेरदिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको बताइन् । नेपालले चीनसँग बिआरआई बाहेक अन्य कुनै सम्झौतमा हस्ताक्षर नगरेको पनि राणाले स्पष्ट पारेकी छन् ।