Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील छः प्रधानमन्त्री दाहाल


देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील छः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री दाहालले सिमाना सुरक्षाको लागि सरकार संवेदनशील भएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य अशोककुमार चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले देशको सिमानाको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका हुन्।

देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता लगायत राष्ट्रिय हितको रक्षाका लागि पनि सरकार संवेदनशील र प्रयत्नशील रहेको बताएका छन् । अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सदृढ र प्रभावकारी बनाउन सीमा नियमित मर्मत, सम्भार गर्दै जाने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

त्यस्तै बोर्डर आउटपोस्टहरूको सुदृढीकरण र थप स्थानमा आउटपोस्ट निर्माण गर्दै जाने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताएका छन् । प्रधानमन्त्री दाहालले चालू आर्थिक वर्षमै १० वटा बोर्डर आउटपोस्टहरू निर्माण सम्पन्न गर्ने पनि बताएका छन् ।