Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राप्रपा अध्यक्ष लिङ्देनसँग नवनिर्वाचित पदाधिकारीको छलफल


राप्रपा अध्यक्ष लिङ्देनसँग नवनिर्वाचित  पदाधिकारीको छलफल


काठमाडौं, १९ असार । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच अर्थतन्त्रका विषय विच छलफल भएरहेको छ। नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरूले राप्रपा संसदीय कार्यालयमा छलफल गरेका हुन्प रिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले सबै राजनीतिक दलहरूले अर्थतन्त्रलाई पहिलो प्राथमकितामा राख्नुपर्ने बताए।

निजी क्षेत्रको मनोबल घटेको, अर्थतन्त्र मन्दीमा रहेकाले सबै दलहरूले आर्थिक विषयलाई प्राथमिकतामा राख्दै बजेटको प्रभावकारी कार्यान्वयन गराउँनपर्नेमा उनले जोड दिएका छन्। भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पिपिए खुला गरी निर्माणको वातावरण बनाउनुपर्ने उनले बताएका छन्।

अध्यक्ष अग्रवालले भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरू हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए। सो अवसरमा पूर्व ऊर्जा मन्त्री समेत रहेका राप्रपा अध्यक्ष लिङ्देनले निजी क्षेत्र बलियो नभएसम्म अर्थतन्त्र बलियो नहुने बताएका छन्।