Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विभिन्न स्थानमा पाँच घन्टासम्म विद्युत अवरूद्ध


विभिन्न स्थानमा पाँच घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौंका विभिन्न स्थानमा आज साढे २ देखि पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । आज बानेश्वर र रत्नपार्क वितरण अन्तर्गत पर्ने विभिन्न स्थानमा विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको छ ।

प्राधिकरणले बानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत पर्ने फुलबारी मार्गमा ढल्न लागेको विद्युत पोल फेर्नका लागि फिडरमा पर्ने दुई वटा ट्रान्स्फर्मर सटडाउनमा राखिने जानकारी दिएको छ । त्यसकारण फुलबारी मार्ग र कोटेश्वर क्षेत्रमा साढे ११ बजेदेखि २ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।

त्यस्तै रत्नपार्क वितरण केन्द्रको खिचापोखरी फिडर, त्रिपुरेश्वर फिडर, भोटेबहाल फिडर र न्यूरोड फिडर पनि स्विचिङ सर्भिसिङका लागि सटडाउनमा राख्नुपर्ने प्राधिकरणले जनाएको छ ।

हनुमानढोका लगायतका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । निर्धारित काम समय अगाडि नै सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ ।