Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनी प्रदेश सभाले विनियोजन विधेयक एमाले सांसदको अवरोधका कारण १ घण्टा स्थगित


लुम्बिनी प्रदेश सभाले विनियोजन विधेयक एमाले सांसदको अवरोधका कारण १ घण्टा स्थगित

काठमाडौ, १९ असार। लुम्बिनी प्रदेश सभाले विनियोजन विधेयक पारित गरेको छ आगामी आर्थिक वर्ष २०८०,०८१ को । मंगलबार बसेको बैठकले सेवा र कार्यका लागि प्रदेश सञ्चिति कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।

अर्थमन्त्री धनबहादुर मास्कीले विधेयक माथि छलफल गरियोस् भनि प्रस्ताव राखेका थिए। तर, प्रतिपक्षको विरोधका कारण विधेयकमाथि छलफल भने हुन सकेन। छलफल नभएपछि सभामुखले निर्णयार्थ पेस गरेको विधेयकलाई बहुमतले पास गरेको हो। प्रदेश सभामा एमाले सांसदहरुले खारेज भएका निर्देशनालयहरुलाई फिर्ताको माग गर्दै सुरुदेखि नै संसद अवरोध गर्दै आएका छन्। साढे १ बजेदेखि सुरु भएको बैठक एमाले सांसदको अवरोधका कारण १ घण्टा स्थगित भएको छ।