Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाँच वर्षकालागि ६० लाख पासपोर्ट छपाइको निर्णयः परराष्ट्रमन्त्री


पाँच वर्षकालागि ६० लाख पासपोर्ट छपाइको निर्णयः परराष्ट्रमन्त्री

काठमाडौं,२५ असार । परराष्ट्रमत्रालयले ६० लाख पासपोर्ट छपाइको काम अघि बढाउने भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मन्त्रिपरिषद्ले ६० लाख पासपोर्ट छपाइको निर्णय गरिसकेको बताएका छन् ।

उनले मुलुकलाई पासपोर्टको अभाव खड्किन नदिनका लागि ५ वर्षका लागि ६० लाख पासपोर्ट छपाइको निर्णय भएको जानकारी दिएका हुन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री साउदले पासपोर्ट खरिदको निर्णय टेन्डर प्रक्रियामा जान लागेको जानकारी दिए ।

पासपोर्ट जुनसुकै बेला पनि अभाव हुनसक्ने गर्न हुन्न भनेर लामो अवधिका लागि पासपोर्ट छपाइ गर्ने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छु, उनले भने, पाँच वर्षलाई पुग्ने गरेर लगभग ६० लाख पासपोर्ट छाप्ने निर्णय गरिएको छ । यो निर्णय अब टेन्डरको प्रक्रियामा जानकारी समितिलाई गराउँदछु ।

अहिले मौज्दात रहेका पासपोर्ट बाहेक थप ६० लाख प्रति पासपोर्ट छपाइको निर्णय हुन लागेको मन्त्री साउदले जानकारी दिएका हुन् । त्यस्तै, मन्त्री साउदले खाली रहेका राजदूतावास र नियोगहरूमा राजदूत नियुक्तिका लागि प्रक्रिया थालिने जानकारी दिएका छन् । उनले केही दिनमा नै राजदूत नियुक्तिको प्रक्रिया टुंगोमा पुगिने बताएका हुन् ।