Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वस्वीकृति नलिएका संसदीय क्षेत्र विकास कार्यक्रमका योजना कार्यान्वयन गर्न नदिने महानगरको निर्णय


पूर्वस्वीकृति नलिएका संसदीय क्षेत्र विकास कार्यक्रमका योजना कार्यान्वयन गर्न नदिने महानगरको निर्णय

काठमाडौँ । काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृतिबिना संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत् आउने योजना कार्यान्वयन गर्न नदिने निर्णय गरेको छ ।

बुधबार २०८०/०८१ को नीति तथा कार्यक्रम पेश गर्दै महानगरका प्रमुख बालेन्द्र शाहले संघ र प्रदेशबाट आउने यस्ता कार्यक्रममा महानगरको पूर्व सहमति र समन्वय अनिवार्य हुनुपर्ने उल्लेख गरेका हुन् ।

संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम महानगरपालिकाको पूर्व सहमति एवं समन्वय बिना छनौट भएका योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने र सांसदहरुले मनलाग्दी छनौट गरेको अवस्थामा मान्य नहुने मेयर शाहले पेस गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै सो नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालनगर्न एक विद्यालय एक नर्स र विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यसका साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिनेछ । सामुदायिक विद्यालयका छात्राहरुका लागि निशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेवल मेशिन एवं विद्यार्थीहरुका लागि लकरको व्यवस्था गर्ने पनि उल्लेख छ ।