Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सरकारले चाडपर्वको लागि २० हजार मेट्रिक टन चिनी ल्याइने


सरकारले चाडपर्वको लागि २० हजार मेट्रिक टन चिनी ल्याइने

काठमाडौं, भदौ २७ । सरकारले चाडपर्वको लागि २० हजार मेट्रिक टन चिनी ल्याउने भएको छ। सो परिमाणको चिनी ल्याउन अर्थ मन्त्रालयले ५० प्रतिशत भन्सार छुट दिएको अर्थ मन्त्रालयाका प्रवक्ता धनीराम शर्माले बताएका छन्।

चाडपर्वका लागि चिनी ल्याउन हामीले ५० प्रतिशत छुट दिइइएको, उनले भने। चिनी आयात गर्दा ३० प्रतिशत भन्सार लाग्दै आएकोमा अर्थले छुट दिएपछि १५ प्रतिशत भन्सार तिरे पुग्छ।

सो परिमाणको चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार र साल्ट ट्रेडिङ कर्पोरेशनले १० हजार टन ल्याउने छ।चिनी आयातमा भन्सार छुट दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्तव गरेको हो।