Tuesday, June 24, 2025

२०८२ असार १०, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

जितु र माग्ने बुढासमेतको ८ करोड लगानीमा


जितु र माग्ने बुढासमेतको ८ करोड लगानीमा

काठमाडौं, भदौ ७। रामेछापका युवा उद्यमीहरुले सञ्चालन गरेको ए वान क्याफेको २१ औं शाखा काठमाडौंको चाबहिल र कपनबीचको सरस्वती नगरमा खुलेको छ। ए वान क्याफे एण्ड पार्टी भेन्युको उक्त नयाँ शाखाको बुधबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ, रुक्मिनी राना, रणकुमारी बलम्पाकी मगर, पूर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ लगायत सहभागी थिए।

त्यस्तै पूर्वसांसद कृष्ण राई, बाग्मती प्रदेशका पूर्वमन्त्री कैलाशप्रसाद ढुङ्गेल, रामेश्वर फुँयाल, शान्तिप्रसाद पौडेल, एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, बाग्मती प्रदेशसभा सदस्य तारानारायण श्रेष्ठ, योजना आयोगका पूर्वउपाध्यक्ष श्याम बस्नेत, खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ लगायत पनि सहभागी थिए । रोयल ए वान इन्भेष्टमेन्ट कम्पनीको लगानीमा सो शाखा स्थापना भएको सञ्चालक रामेश श्रेष्ठले बताएका छन्।

उनका अनुसार शाखा उद्घाटन कार्यक्रममा हास्य कलाकार जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । करिब ८ करोड लगानीमा सो क्याफे र पार्टी भेन्यु स्थापना गरिएको कम्पनीका सचिव राकेश श्रेष्ठले बताए। उनका अनुसार पार्टी भेन्युमा एकै पटक १ हजार जना अट्न सक्छन् ।

रोयल ए वान इन्भेष्टमेन्ट कम्पनीमा १५० जना लगानीकर्ता छन् । सो कम्पनीले ५ सय बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । कम्पनीका सञ्चालकहरू राजनीति र सामाजिक क्षेत्रमा पनि अब्बल रूपमा स्थापित हुँदै छन् । रामेछापको खाँडादेवी गाउँपालिकाको खास गरी भिरपानी र पकरबासका युवाले ए वानको चेन सञ्चालन गरेका छन् ।