Thursday, July 31, 2025

२०८२ श्रावण १६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल स्टक एक्सचेञ्ज नेप्से मा इङ्वा हाइड्रोपावरको आइपीओ सूचीकृत


नेपाल स्टक एक्सचेञ्ज नेप्से मा इङ्वा हाइड्रोपावरको आइपीओ सूचीकृत

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज नेप्से मा इङ्वा हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ। कम्पनीको ६० लाख कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो।कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूको लागि वैदेशीक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरू समेत १८ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ४२ लाख कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो।

नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज तोकेको छ। सोही रेञ्जमा रहेर मंगलबारदेखि कम्पनीको सेयर कारोबार खुला हुनेछ। नेप्सेले कम्पनीको वास्तविक नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको लागि मूल्य रेञ्ज तोक्ने गर्छ। कम्पनीको आइएचएल संकेतमा सेयर कारोबार खुला हुनेछ।