Friday, September 12, 2025

२०८२ भाद्र २७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रपति र प्रधानसेनापतिबिच भेटवार्ता, के भयो छलफल ?


राष्ट्रपति र प्रधानसेनापतिबिच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलबिच बिहीबार साँझ भेटवार्ता भएको छ । राष्ट्रपति बस्दै आएको स्थानमा पुगेर प्रधानसेनापतिले भेट गरेको उच्च स्रोतले बताएको हो ।

सो क्रममा सेनापतिले जेनजी समूहसँग हालसम्म भएको वार्ता प्रयासका सम्बन्धमा ब्रिफिङ गरेको स्रोतको भनाइ छ । शीतल निवास जेनजी आन्दोलनकारीले जलाइदिएपछि हाल राष्ट्रपति सुरक्षित स्थानमा सरेका छन् ।

आजै एक विज्ञप्ति जारी गरेर राष्ट्रपतिले वर्तमान विषम परिस्थितिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्दै शान्ति र सुव्यवस्था कायम गर्न सहयोगको लागि अपिल गरेका थिए ।

उनले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको जानकारी दिएका थिए । राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको बताएका थिए ।