Friday, June 06, 2025

२०८२ जेष्ठ २४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ठूलोखोला हाइड्रोपावरको साधारण सेयर सिटिजन्स क्यापिटलले निष्कासन गर्दै


ठूलोखोला हाइड्रोपावरको साधारण सेयर सिटिजन्स क्यापिटलले निष्कासन गर्दै

काठमाडौं, भदौ ३ । सिटिजन्स क्यापिटल लिमिटेड र ठूलोखोला हाइड्रोपावरबीच साधारणको सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ। आइतबार आयोजित एक समारोहबीच सो सम्झौता भएको हो। सम्झौतामा ठूलोखोला हाइड्रोपावर लिमिटेडका तर्फबाट सञ्चालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलोखोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्कासन गर्ने भएको छ। ठूलोखोला हाइड्रोपावर लिमिटेडले म्याग्दीमा २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको माथिल्लो ठूलोखोला ए जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।