Thursday, July 03, 2025

२०८२ असार १९, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

भन्सार एजेन्टद्धारा भन्सार विभागअगाडि धर्ना


भन्सार एजेन्टद्धारा भन्सार विभागअगाडि धर्ना

काठमाडौं, ११ असार । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालले त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि धर्ना दिएको छ । संशोधित भन्सार ऐन २०६४ र नियमावली २०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् ।

देशभर कार्यरत ३०० भन्दा बढी भन्सार प्रतिनिधिहरु सरकारका कारण जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै संघले विरोधस्वरुप धर्ना दिएको हो । धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा ३०० जनाको रोजगारी खोसिएको बताए ।

ती ३०० जनाको रोजगारी ग्यारेन्टी गर्नको लागि सरकारलाई दबाब दिन धर्ना बसेको उनको भनाइ छ । मेची भन्सार एजेन्टका प्रतिनिधि शंकर थापाले सरकारले बजेटमार्फत षड्यन्त्रपूर्वक काम गर्न पाउने व्यवस्था खारेज गरेको बताए ।

धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरु हटाएर भन्सार प्रतिनिधिहरुको रोजगारी माथि लात हानेको भन्दै २५–३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व संकलनमा महत्त्वपूर्ण योगदान दिएको बताए ।

भन्सार प्रतिनिधिहरुले पटक पटक विभाग, अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउादा पनि सुनुवाइ नभएपछि बाध्य भएर भएर आन्दोलनमा जानुपरेको बताए ।