Wednesday, June 04, 2025

२०८२ जेष्ठ २२, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

घोराही सिमेन्टकोआइपिओ निष्कासन रोक्का


घोराही सिमेन्टकोआइपिओ निष्कासन रोक्का

काठमाडौं । धितोपत्र बोर्डले तत्काललै घोराही सिमेन्टको प्राथमिक सेयर आइपिओ निष्कासन रोक्का गर्न निर्देशन दिएको छ। रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा समेत रोक्न लगाएको हो। केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो।

कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थपेको थियो। यसक्रममा कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि ८४ लाखभन्दा बढी कित्ता सेयरको लागि आवेदन गरिएको पाइएको छ। कम्पनीकै तर्फबाट समेत यस्तो भएको हुनसक्ने भन्दै तत्काललै सेयर जारी प्रक्रिया नै रोक्न धितोपत्र बोर्डले निर्देशन दिएको एक अधिकारीले बताएका छन् ।