Saturday, September 13, 2025

२०८२ भाद्र २८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ९ बजे शपथ लिने


नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ९ बजे शपथ लिने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ९ बजे शपथ लिने भएकी छन् । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर उनले संसद विघटनको सिफारिस गर्ने तयारी भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेको पुष्टि गरेका छन् । आजै राति ९ बजे शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने छ ।उनले मन्त्री कति जना बन्ने भन्नेचाहिँ नाम आउन बाँकी रहेको छ । तर, सबै प्रक्रिया ९ बजे पूरा भएर शपथ हुने र त्यसपछि संसद् विघटनको सिफारिस मन्त्रिपरिषद्ले गर्ने  छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संसद् विघटन कानुन प्रावधान छ ।