Monday, July 07, 2025

२०८२ असार २३, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजारमा सुकेको प्याजको भाउ घट्यो


बजारमा सुकेको प्याजको भाउ घट्यो

काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार प्याजको भाउ घटेको देखाएको हो । आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार भइरहेको छ ।


शनिबार प्रतिकिलो न्यूनतम ४५ देखि अधिकतम ४६ रुपैयाँमा कारोबार भएको प्याज शुक्रबार प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रूपैयाँमा कारोबार भएको थियो ।

एक साताअघि कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४७ देखि अधिकतम ५० रुपैयाँमा कारोबार भएको थियो । एक साताको अवधिमा प्याजको भाउ प्रतिकिलो ४ देखि ५ रुपैयाँसम्म घटेको छ ।

१ असारमा सुकेको प्याज प्रतिकिलो न्यूनतम ४० देखि अधिकतम ४२ रुपैयाँमा किनबेच भएको थियो । यस्तै जेठ अन्तिम साता भने सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ३६ देखि अधिकतम ३८ रुपैयाँमा किनबेच भएको थियो ।