Monday, September 15, 2025

२०८२ भाद्र ३०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, १० लाख रुपैयाँ राहत


जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने, १० लाख रुपैयाँ राहत

काठमाडौं । सरकारले जनेजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गरेको छ । पदभारपछि पहिलो निर्णयमा हस्ताक्षर गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यस्तो निर्णय गरेकी हुन् ।

साथै घाइतेको निःशुल्क उपचार र मृत्यु भएकाहरूको परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए ।

उनका अनुसार नयाँ सरकारलाई सरकारी सेवा प्रवाह चुनौतीका रूपमा रहेको छ । ‘धेरैजसो सरकारी कार्यालयहरू अधिकांश ड्यामेज भएको अवस्था छ’, मुख्यसचिव अर्यालले भने, ‘बजेट र प्राथमिकताका आधारमा पुननिर्माणको आवश्यकता छ । मन्त्रालय, अदालत, सिडिओ कार्यालयहरू तोडफोड र आगजनी भएका छन् ।’

उनले आगजनी र तोडफोड हुन बाँकी रहेका कार्यालयबाट सेवा प्रवाह गर्नुपर्ने भन्दै त्यसका लागि काययोजना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको बताए । त्यस्तै उनले सुरक्षा र कर्मचारीको मनोबल उच्च बनाएर काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको जोड दिएका छन् ।