Monday, June 09, 2025

२०८२ जेष्ठ २७, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आठ महिनाको बिजुली पहुँच १ प्रतिशत बढ्यो


आठ महिनाको बिजुली  पहुँच १ प्रतिशत बढ्यो

काठमाडौं ।अहिलेसम्ममा ९५ प्रतिशत जनसंख्यामा मात्र बिजुली पुगेको छ । देशको कुल जनसंख्यामध्ये पाँच प्रतिशत जनतामा अझै बिजुलीको पहुँच पुगेको छैन । २०७९,८० को आर्थिक सर्वेक्षणअनुसार २०७९ फागुनसम्म वैकल्पिक ऊर्जासहित ९५ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो । २०७९ को असामा ९४ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको थियो ।

२०७९ को फागुनमा भने १ प्रतिशत मात्र वृद्धि भएको सर्वेक्षणमा उल्लेख भएको छ । चालू आर्थिक बर्षको ८ महिनामा प्रतिव्यक्ति विद्युत् खपत ३२५ प्रति घण्टाबाट बढेर ३५१ पुगेको छ । २०७९ असारमा २१९० कुल जडित विद्युत् क्षमता फागुनसम्म २१.७ प्रतिशतले वृद्धि भएर २६६६ मेगावाट पुगेको उल्लेख भएको छ ।

जसमा जलविद्युतबाट २४४९, सौर्य प्लान्टबाट ७५.०४, थर्मल प्लान्टबाट ५३.४, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ र चिनी मिलबाट सहउत्पादन प्रविधिमार्फत ६ मेगावाट विद्युत् उत्पादन गरी २६६६ मेगावाट पुगेको सर्वेक्षणमा उल्लेख छ ।नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत् परियोजनाबाट ६६१, प्राधिकरणको सहायक कम्पनीमार्फत ४७८ र निजी क्षेत्रबाट सञ्चालित विद्युत् परियोजनाबाट १५२७ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ । विद्युत् खपतमा भने गार्हस्थ्यतर्फका ग्राहक धेरै छन् ।

गत फागुनसम्म ३६.६ प्रतिशत गार्हस्थ्य, ३०.७ प्रतिशत औद्योगिक, ६.७ प्रतिशत व्यापारिक, १५.९ प्रतिशत निर्यात र १०.१ प्रतिशत बिजुली अन्य क्षेत्रमा खपत भएको छ ।