Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात


चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको बिजुली निर्यात

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनामा १२ अर्ब ३७ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको हो ।

प्राधिकरणका अनुसार साउनमा २ अर्ब १५ करोड, भदौमा ३ अर्ब ४८ करोड, असोजमा ४ अर्ब ४ करोड र कात्तिकमा २ अर्ब ७० करोड रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात भएको हो । विद्युत् निर्यातले नेपाल र भारतबिचको व्यापार घाटा कम गरेको र देशको विदेशी मुद्रा सञ्चितीमा योगदान पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा विक्री सुरु गरेको थियो । प्राधिकरणले आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम एनभिभिएनलाई विक्री गरिरहेको छ ।