Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१११ मेगावाटको रसुवागढी आयोजनाबाट विद्युत उत्पादन गरी परीक्षण सुरु


१११ मेगावाटको रसुवागढी आयोजनाबाट विद्युत उत्पादन गरी परीक्षण सुरु

काठमाडौं । रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ र २ मा निर्माण भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी परीक्षण गर्न थालेको छ। नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य लगानीमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीको प्रवर्द्धनमा निर्माण भएको आयोजनाबाट विद्युत उत्पादन परीक्षण सुरु गरिएको हो।

यसका लागि कात्तिक २४ गतेबाट योजनाको विद्युतगृहदेखि चिलिमे हबसम्मको १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज गरिएको कम्पनीले जनाएको छ। त्यसैले प्रसारण लाइन भएको स्थान गोसाइँकुन्ड गाउँपालिकाअन्तर्गत टिमुरे, तातोपानी डाँडा, दालफेदी, बुमन, मेन्दो, तार्मा तथा आमाछोदिङमो गाउँपालिकाअन्तर्गत केराघारी, पाजुङ, गोङगाङ, गोल्जुङवेशी, क्षेत्रहरुमा प्रसारण लाइनको मार्गाधिकार क्षेत्र (लाइनको केन्द्र विन्दुबाट दायाँबायाँ ९—९ मिटर)भित्र नजान, टावरहरुमा नछुन कम्पनीले सर्वसाधरणलाई सूचित गरेको छ।

साथै, उल्लेखित क्षेत्रहरुमा आगलागी, स्पार्किकड भएको कहीँकतै देखिएमा नजिकैको प्रहरी कार्यालय तथा आयोजनाको कार्यालयमा जानकारी गरिदिन पनि कम्पनीले आग्रह गरेको छ।