Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

महसुल तत्काल भुक्तानी गर्न प्राधिकरणको सातदिने निर्देशन


महसुल तत्काल भुक्तानी गर्न प्राधिकरणको सातदिने निर्देशन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको महसुल तत्काल भुक्तानी गर्न स्थानीय निकायलाई निर्देशन दिएको   छ ।

आज एक सूचना जारी गर्दै सडक बत्ती वापत विद्युत् उपभोग गरेको बक्यौता विद्युत् महसुल भुक्तानी गर्न र बिना मिटर विद्युत उपभोग गरेको सडक बत्तीका लागि रीतपूर्वक मिटर जडान गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

मिटर जडान गर्न बाँकी रहेका सडक बत्तीहरूका लागि सात दिनभित्र मिटर जडान गराई बाँकी बक्यौता भूक्तान नगरे स्थानीय निकायहरूको हकमा महसुल संकलन विनियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही गरिने प्रधिकरणको चेतावनी छ ।