Sunday, July 27, 2025

२०८२ श्रावण १२, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हवाई उडानका लागि अतिरिक्त इन्ट्री रुट दिन भारत सकारात्मक


हवाई उडानका लागि अतिरिक्त इन्ट्री रुट दिन भारत सकारात्मक

काठमाडौं । नेपाल–भारत शहरमा द्विपक्षीय उडान गर्ने गरी अतिरिक्त रुट दिन भारत सकारात्मक देखिएको छ ।


हवाई रुट दिन भारत सकारात्मक देखिएको बताउँदै भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम उचाइमा उड्ने एटीआर स्तरका जहाजका लागि भारतले अतिरिक्त इन्ट्री रुट दिने संकेतलाई स्वागत गरेको बताएका छन् ।


प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।


नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार यो रुट महेन्द्रनगरबाट प्राप्त हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले ‘हाइअल्टिच्यूड एयर इन्ट्री रुट’का लागि भारतसँग अनुरोध गरिएको र यो छिट्टै प्राप्त हुने अपेक्षा गरिएको समेत बताएका छन् ।