Monday, July 07, 2025

२०८२ असार २३, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

गण्डकी प्रदेश सरकार ३३ अर्बको बजेट ल्याउने तयारी गर्दै


गण्डकी प्रदेश सरकार ३३ अर्बको बजेट ल्याउने तयारी गर्दै

काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८०,०८१ को बजेट ल्याउने भएको छ । चालू आर्थिक वर्षको भन्दा आउँदो आर्थिक बर्ष २०८०,०८१ को बजेट कम ल्याउने तयारी भएको आर्थिक मामिला मन्त्रालयले बताएका छन् । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेकाले गण्डकी सरकारले असार १ गते शुक्रबार दिउँसो ३ः०० बजे बजेट ल्याउने भएको मन्त्रालयले बताएको छ ।

कोभिड १९ को कारण अर्थतन्त्रमा परेको प्रभाव अपेक्षाकृत ढंगले राजश्व सङ्कलनमा कमी आएकोले गर्दा यस वर्ष चालू आर्थिक बर्ष भन्दा केही कम बजेट आउने भएको आर्थिक मामिला मन्त्रालयका सचिव बिष्णु प्रसाद शर्माले बताए । बजेटको अन्तिम तयारीमा भएको उनले बताए । आर्थिक वर्ष २०८०र०८१ को बजेट करिब ३३ अर्ब ल्याउने तयारी भएको श्रोतको भनाई छ ।

आन्तरिक स्रोत र संघ सरकारले दिने अनुदान खुम्चिएपछि गण्डकी प्रदेश सरकारको आगामी आवको बजेट सानो हुने निश्चित भएको हो । संघ सरकारले आगामी आवका लागि ३३ अर्ब ८५ करोडको सीमा तोकिदिएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष ३५ अर्ब ९० करोड ९० लाखको  बजेट ल्याएको थियो ।आउँदै वर्षको बजेटले कृषि, स्वास्थ्य लगायतका विषयमा जोड दिँदै जेठ २१ गते गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेका हुन्। केही दीन सदनमा छलफल पश्चात्  नीति तथा कार्यक्रम पास भएको थियो ।