Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो


नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । नेप्से परिसूचक दुई हजार एक सय विन्दुभन्दा माथि पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५ दशमलब ९८ विन्दुले उकालो लागेर दुई हजार एक सय छमा पुगेको हो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलब शुन्य पाँच अङ्कले उकालो लागेर तीन सय ९७ दशमलब ६९ मा पुगेको छ । कूल एक करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता शेयर रु पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ मा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३७ करोड ४३ लाख ४८ हजार दुई सय दुई बराबरको शेयर कारोबार भयो । यस्तै सोल्टी होटलको रु २८ करोड ७३ लाख २४ हजार तीन सय ३१, सोनापुर मिनरल्सको रु १६ करोड ७१ लाख ४२ हजार सात सय ५५, हाथवे इन्भेस्टमेन्टको रु १४ करोड २९ लाख ३० हजार पाँच सय ८८ र घोराही सिमेन्टको रु १३ करोड ३० लाख ८६ हजार तीन सय ९८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आज विभिन्न दस कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिद्धार्थ इन्भेस्टम ग्रोथ स्किम दोस्रो सात दशमलब २६, माथिल्लो मैलुङ खोला जलविद्युत् आयोजना चार दशमलब ९०, प्रभु बैङ्कको ऋणपत्र तीन दशमलब ८३, सानिमा बैङ्कको ऋणपत्र तीन दशमलब ७८ र पिपल्स पावरको लगानीकर्ताले तीन दशमलब १९ प्रतिशतले गुमाएका छन् ।