Sunday, October 19, 2025

२०८२ कार्तिक ३, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जनकपुरमा सुन व्यवसायीमाथि प्रहरी हस्तक्षेपको घटनाप्रति महासंघको ध्यानाकर्षण


जनकपुरमा सुन व्यवसायीमाथि प्रहरी हस्तक्षेपको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ५ स्थित सञ्जय पायल ज्वेलर्समा ‘अवैध सुनचाँदी कारोबारको शङ्का’मा शुक्रबार धनुषा जिल्ला प्रहरी कार्यालयबाट गरिएको छापा र त्यसक्रममा भएको कार्यशैलीप्रति नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले सुनचाँदी व्यवसाय संवेदनशील र कानुनी ढाँचामा सञ्चालन गरिने क्षेत्र भए पनि कानुनको नाममा अनुशासनविहीन र अमानवीय व्यवहार स्वीकार्य नभएको बताएको छ। तिहारको पूर्वसन्ध्यामा भएको यस्तो हस्तक्षेपले व्यवसायीहरूमा त्रास, असुरक्षा र राज्यप्रति अविश्वासको वातावरण सिर्जना गरेको महासंघको भनाइ छ।

महासंघले घटनाको तत्काल निष्पक्ष छानबिन गर्न र सुरक्षाकर्मी वा अन्य जिम्मेवार पक्षबाट कानुनविपरीत व्यवहार भएको प्रमाणित भएमा कानुनी प्रक्रिया अघि बढाउन माग गरेको छ। साथै, हचुवा किसिमले व्यवसायीहरूलाई अनावश्यक दुःख दिने कार्य अविलम्ब रोक्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।