Sunday, October 19, 2025

२०८२ कार्तिक ३, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिको काम दुईपटक म्याद थपिए


कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिको काम दुईपटक म्याद थपिए

काठमाडौं । गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको कञ्चनपुर–कमला सडक विस्तार तथा स्तरोन्नतिको काम दुईपटक म्याद थपिएपछि पनि सुस्त गतिमा छ। सन् २०२३ अक्टोबर २८ मा सक्ने लक्ष्य राखिएको यो रु १५ अर्ब ६६ करोडको आयोजनाको हालसम्मको निर्माण प्रगति ६७ प्रतिशत मात्र छ। चाइना रेलवे कम्पनी–२ इञ्जिनियरिङ ग्रुपले ठेक्का पाएको यो आयोजनाको हालको सम्झौताअनुसार अब डिसेम्बर २०२५ भित्र काम सक्नुपर्नेछ।

विशेष गरी पश्चिम खण्डअन्तर्गत लहान क्षेत्रमा काम निकै सुस्त छ। योजना पश्चिम खण्डका सूचना अधिकारी सरोजकुमार कोइरालाका अनुसार अण्डरपास, ओभरपास र आकाशेपुलको पाइल फाउण्डेशन जस्ता मुख्य संरचना निर्माण नहुनु प्रमुख अवरोध हो।

निर्माणस्थलमा पर्ने विद्युत् प्राधिकरणका पोल समयमै नहटाइँदा पनि ढिलाइ भएको कोइरालाको भनाइ छ। निर्माणमा ढिलाइ हुँदा स्थानीयले वर्षौँदेखि धुलो र हिलोको सास्ती भोगिरहेका छन् भने व्यापारसमेत प्रभावित भएको छ। कम्पनीले लागत बढेको भन्दै आर्थिक नोक्सानी बेहोरेको बताउँदै आएको छ।