Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनी प्रदेशमा स्वास्थ क्षेत्रलाई पहिल्लो प्राथमिकता दिने


लुम्बिनी प्रदेशमा स्वास्थ क्षेत्रलाई पहिल्लो प्राथमिकता दिने

काठमाडौं ।लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले स्वास्थ्य क्षेत्रको सुधारका निमित्त प्रदेश सरकार गम्भीर भएको  बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको टोलीसँग सोमवार आफ्नै कार्यकक्षमा आयोजित भेटघाट कार्यक्रममा स्वास्थ्यमन्त्री खनालले प्रदेशका नागरिकको स्वास्थ्यका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

उनले अन्य क्षेत्रको बजेट कटौती गरेर भएपनि स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकता दिने  बताए। उपचार अभावको कारण  कुनै पनि नागरिकको ज्यान जान नपरोस् भन्ने सवालमा सरकार गम्भीर  रहेको उनले भने अन्य क्षेत्रको बजेट कटौती गरे भएपनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने बताएका छन्  ।