काठमाडौं । नेपालमा हुन्डाई गाडी उत्पादन गर्ने लक्ष्मी मोटर कर्पोरेसनले ‘भेन्यू ई’ भेरियन्टको बिक्री वितरण सुरु गरेको छ । कर्पोरेसनले २०२४ मेदेखि भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो । कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन सुरु गरिए सँगै हुन्डाई नेपाल स् मेड फर योर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरहरू मार्फत बिक्री गरिसकेको जनाएको छ । सीमित अवधिका लागि हुन्डाई ‘भेन्यू ई’ को प्रारम्भिक मूल्य ४० लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।
‘भेन्यू ई’ भेरियन्टको बिक्री सुरु