काठमाडौं । काठमाडौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरी रहेका आधिकारिक टाटा मोटर्स सोरूमहरूमा एक्सचेन्ज विक–एन्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने भएको छ। उक्त क्याम्प असार ८, ९, १०, ११ र १२ गते हुने कम्पनीले बताएको छ। कम्पनीले ग्राहकहरूलाई सोरूममा आएर विद्युतीय गाडीहरू साटेर फाइदा लिन समेत आग्रह गरेको छ।
एक्सचेन्ज क्याम्पमा आएर जुनसुकै कम्पनी अथवा ब्राण्डको गाडी टाटा मोटर्सका नयाँ मोडेलका नेक्सन इभी र टिगोर इभीसँग साट्न सकिने व्यवस्था गरेको कम्पनीको भनाइ छ। उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले सोरूममा इन्स्योरेन्स सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकन कर्ताहरूको पनि सहभागिता हुने छ।
टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै सोरूमबाट व्यवस्था गरिएको छ। चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरू पनि पाइने बताएको छ।