Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरूलाई सहज र सस्तो वित्तिय सुविधा उपलब्ध गराउने


अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरूलाई सहज र सस्तो वित्तिय सुविधा उपलब्ध गराउने

काठमाडौं, भदौ २५ । नबिल बैंकले टाटाको जेन्युइन पार्टपूर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरूलाई सस्तो र सहज वित्तिय सुविधा प्रदान गर्ने भएको छ।टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् र नेपालकै अग्रणी बैंक नबिल बैंक बीच सहकार्य गर्ने सहमति गरेको छ।

सिप्रदी अटोपार्टसका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र नबिल बैंकका एसएमई तथा माइक्रोफाइनान्स प्रमुख अमित श्रेष्ठले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका खुद्रा बिक्रेता तथा टाटा गुरुहरूको पनि उपस्थिति रहेको थियो।

उक्त सम्झौता अनुसार अब नबिल बैंकले सिप्रदी अटोपार्टका खुद्रा बिक्रेताहरूलाई सहज र सस्तो वित्तिय सुविधा उपलब्ध गराउने छ। खुद्रा विक्रेताहरू राष्ट्रको आर्थिक अवस्था नाजुक भएको परिस्थितिमा त्यो सम्झौताबाट खुशी महसुस गरिरहेका बताएको छ।