Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप र नेक्सजेन म्यानेजमेन्टबीच ६ अर्ब लगानीको सम्झौता


कोरियन कम्पनी एमएबीसी इन्भेस्टमेन्ट ग्रुप र नेक्सजेन म्यानेजमेन्टबीच ६ अर्ब लगानीको सम्झौता

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन  प्रा.लि. र कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुप प्रा.लि. बीच लगानी सम्झौता भएको छ। नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिन आज सो सम्बन्धी सम्झौता भएको हो।


सम्झौतामा एमएबीसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योंग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी (माधव दवाडी)ले हस्ताक्षर गरेका छन्।


कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुपले नेपाल सरकारसँग उद्योग व्यवसाय, हरित ऊर्जा, सेवा उद्योग, नवीनतम प्रविधि, कृषि तथा खनिज क्षेत्रहरूमा वैदेशिक लगानी ल्याउने स्वीकृति लिएको छ। यस्तो लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ।

सम्झौता पत्रमा नेपालभित्र ल्याउने वैदेशिक लगानीमार्फत स्थापना र सञ्चालन हुने यस्ता उद्योग व्यवसायमा नेक्सजेन म्यानेजमेन्टले सहजीकरण तथा परामर्श सेवा प्रदान गर्ने सहमति भएको छ।