Monday, June 02, 2025

२०८२ जेष्ठ २०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एकैदिन एक हजार तीन सय रुपैयाँ बढ्यो सुनको भाउ


एकैदिन एक हजार तीन सय रुपैयाँ बढ्यो सुनको भाउ

काठमाडौं, नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।